हरेक स्थानर ठाउको नामाकरण कुनै न कुनै प्रसंगबस मिलाएर राखेको पाइन्छ । कतै प्राकृतिक सम्पदाका नामबाट नामाकरण गरिएको छ भने कतै देवि देवताका नामबाट नामाकरण गरिएको पाईन्छ । कुनै पनि स्थानको पूर्ण अध्ययनका लागि ऐतिहासिक पृष्ठभुमिको बिश्लेषण गर्न जरुरी रहन्छ । मंगलसेन नगरपालिकाको नामाकरणका सन्दर्भमा निम्नानुसार भनाइहरु रहेको पाइन्छ । “पुरानो जिल्ला विकास समिति (हालको जिल्ला समन्वय समितिको सभा हल) उत्तरपुर्व र खुल्ला मंच रहेको तल्लो पटट्टी (हाल जिप पार्क बनाएको स्थान) मा राम्रो खेती योग्य जमिन थियो । राम्रो खेती योग्य जमिन÷खेतलाई अछाममा सैन भन्ने गरिन्छ । ति दुईओटा सैनमा राम्रो खेतियोग्य जमिन भएका