FAQs Complain Problems

सूचना तथा समाचार

परिचय

हरेक स्थानर ठाउको नामाकरण कुनै न कुनै प्रसंगबस मिलाएर राखेको पाइन्छ । कतै प्राकृतिक सम्पदाका नामबाट नामाकरण गरिएको छ भने कतै देवि देवताका नामबाट नामाकरण गरिएको पाईन्छ । कुनै पनि स्थानको पूर्ण अध्ययनका लागि ऐतिहासिक पृष्ठभुमिको बिश्लेषण गर्न जरुरी रहन्छ । मंगलसेन नगरपालिकाको नामाकरणका सन्दर्भमा निम्नानुसार भनाइहरु रहेको पाइन्छ । “पुरानो जिल्ला विकास समिति (हालको जिल्ला समन्वय समितिको सभा हल) उत्तरपुर्व र खुल्ला मंच रहेको तल्लो पटट्टी (हाल जिप पार्क बनाएको स्थान) मा राम्रो खेती योग्य जमिन थियो । राम्रो खेती योग्य जमिन÷खेतलाई अछाममा सैन भन्ने गरिन्छ । ति दुईओटा सैनमा राम्रो खेतियोग्य जमिन भएका कारणले राम्रोलाई “मंगल” र सम्म परेको खेतलाई “सैन” यी दुईटै शब्द जोडेर मंगलसैन नामाकरण गरीएको हो भन्ने भनाई पाईन्छ, । बोलीचालीको क्रममा विस्तारै “मंगलसैन”बाट अपभ्रंसश हुदै “मंगलसेन” भनी प्रचलनमा रहेको नामका आधारमा स्थानिय तह निर्धारण तथा सिफारिस समितिले साविकका वलिगाउ, जुपु बान्नातोली, कुन्तिबण्डाली, जनालीबण्डाली, कालागाउँ, बस्ती र मंगलसेन गा.वि.स.लाई समेटेर मंगलसेन नगरपालिका घोषणा गरेको थियो । २.२. नगरपालिकाको भौगोलिक स्थिति ः २.२.१. अवस्थिति (सीमाना) ः मंगलसेन नगरपालिका २९ड्ढ७΄४८˝ उत्तरी अक्षांस र ८१ड्ढ΄१२.३६˝ पूर्वी देशान्तरमा पैmलिएको छ । समुन्द्री सतहको न्यूनतम ५४० मिटरको उचाई देखि अधिकतम ३३०० मिटरसम्मको उचाईमा रहेको यस नगरपालिकाको कार्यालय १३६२ मिटरको उचाईमा रहेको छ । मंगलसेन नगरपालीकाको सिमाना पूर्वमा रामारोशन गाउँपालिका र कमलबजार नगरपालिका, पश्चिममा डोटी जिल्लाको बोगटान गाउपालिका, उत्तरमा साँफेबगर नगरपालिका, बान्नीगढी जयगढ गाउपालिका र चौरपाटी गाउँपालिका तथा दक्षिणमा कमलबजार नगरपालिका र ढकारी गाउँपालिका छन् ।