संक्षिप्त परिचय

मंगलसेन नगरपालिकाको परिचय

१. पृष्ठभुमी :  सुदूरपश्चिमाञ्चल विकास क्षेत्र अन्र्तगत अछाम जिल्लाको केन्द्रबिन्दुमा रहेको मंगलसेन नगरपालिकाको आफ्नै ऐतिहासिक महत्व रहेको छ  । समुन्द्री सतह देखि लगभग १२०० देखि २५०० फिट उचाईमा अवस्थित नगर क्षेत्रमा समशीतोष्ण हावापानी पाईन्छ । नगर क्षेत्रको कुल क्षेत्रफल १३९.९१ वर्ग कि.मि. छ । जसमा २३,०७४ हेक्टर वन क्षेत्र, १४५६ हेक्टर आवादी, ५८७ हेक्टर सार्वजनिक गौचरन, ७५६ हेक्टर मिन्हा सडक, नदी आदि र २३ हेक्टर जमिन दर्ता गर्न बाँकि रहेको छ ।

    मंगलसेन नगरपालिका अछामको सदरमुकाम रहेको स्थान मंगलसेन गा.बि.स. र मंगलसेन गा.बि.स. नजिक रहेका साबिक गा.बि.स.हरु जनालीबण्डाली, कुन्तिबण्डाली, वलिगांउ र जुपु  मिलेर बनेको नगरपालिका हुनुका साथै कर्णाली पश्चिम र बुढीगंगा पूर्वको क्षेत्रलाई तत्कालिन राज्यसत्ताले अछाम भन्ने गरेको देखिन्छ । सोह्रौं सताब्दीमा जुम्लाको सिञ्जाबाट सिजापती राजाहरुले अछाम आगमन पश्चात यस जिल्लामा बाईसे चौबिसे राजाहरु अस्तित्वमा आएका देखिन्छन् । अछाम राज्यको राजधानी रहेको सिञ्जा महाराजको पालामा यसलाई नौबिस नामबाट संबोधन गर्ने गरिन्थ्यो । नौखुवा अछाममा नौबिसले एक खुवाको प्रतिनिधित्व गर्दथ्यो । बि.स. १८४७ मा गोर्खाली सरदार अमर सिं थापा, जगतजित पाण्डे, दलन शाहीले अछाम जिल्ला कब्जा गरेपछि नौबिस मौजाका रुपमा बिकास भई मोतिपुरको बिस्थापन पछि मंगलसेनलाई १८ औं शताब्दी तिर मना ग्रामीण (मना गाउँ) भनेर चिनिन्थ्यो । १८४९ मा तालुकदारी (मुखिया) प्रथा पश्चात कैलाशखोला देखि दक्षिण भैसोलेको पानी (जनालीबण्डाली) को सिमाना देखि उत्तर छुचुन्द्रे खोला पूर्व र तापरिवा पश्चिमलाई नौबिस (९ वटा २०) घरदैलाको संख्याका आधारमा नौबिस ग्रामीण पन्चायत हुँदै १९३५ देखि १९४१ मा मंगलसेन दरबार निर्माण भई अमालको व्यवस्था गरियो र त्यहि बाट अछाम जिल्लाको प्रशासनिक कार्य हुदै आएको थियो ।

    २००७ सालको परिवर्तन पछि  २०१३ सालमा राजा महेन्द्रको डोटी सवारीका बेला अछामका अगुवा नेताहरुले सवारीमा अछाममा माल कार्यालय चाहियो भनी आन्दोलन गरे बाफत प्रहरी हस्तक्षेपमा थुप्रै नेता घाईते भएपछि आन्दोलनको भावना महसुस भई २०१४ सालमा अछाम मंगलसेन मै माल कार्यालयको स्थापना भएको देखिन्छ । २०१७ सालको राजाको निरङकुस साशन लागुपछि २०१८ सालमा नौबिस ग्राम पंचायत भई २०१९ सालमा मंगलसेन गाउँ पंचायतको नामबाट नामकरण भई २०२२ सालको भूमीसुधार पश्चात बजारको दुई तिरको सैन (समथर जग्गा हालको जिविस रहेको वरिपरी र मालिका विकास बैंक अगाडी रहेको जग्गा) र मंगला देवीको मन्दिरलाई जोडी मंगलसेन नामाकरण भएको पाईन्छ । २०७१ साल बैशाख २५ गते मंगलसेन नगरपालिका घोषणा गरे पश्चात २०७१ साल जेष्ठ ४ गते विधिवत रुपमा स्थापना गरिएको हो ।

यस नगरको क्षेत्रको चारकिल्ला
पूर्वमा –    बान्नातोली गा.वि.स. वडा नं. १ र २ को डिल हुँदै चित्रेपाटा ऐ. को ६, ७, ८ र ९             को सिमाना हुँदै ठाँटीखाद धुरेला कंगासे खोलासम्म
पश्चिम –    चिलङ्गे बाटाका थला, मालिका, बागमारे, कापडे, कचालीसम्म
दक्षिण    –    दर्ना, चन्द्राबस्तीको पल्लोखोला देखि टुडेगडा डिलहुँदै कैलाशखोला, ठेकेबन, माथिल्लो तेस्रो         बन हुँदै दोजागे खोला, कैलाशखोला, मानबस्ता सडक, ओवि, डाब, कैलाशखोला चित्रे             दोभान हुँदै बुढीगंगासम्म
उत्तर    –    जनालीगाड, कालिपडा, लुगावन, मनकामना हुँदै जिल्लामारे तान्तु, तेस्रो लाग्नेसम्म

    (यस नगरको पूर्वमा विरपथ, पश्चिममा पायल, सिउडी र सोकड उत्तरमा दर्ना, कालीका, तिमिल्सैन, जनालीकोट, सा.न.पा र दक्षिणममा सेरा, बस्ती गा.वि.स.हरु पर्दछन् )
    वि.सं. २०६८ को जनगणनाको तथ्यांक अनुसार यस नगरपालिको कुल जनसंख्या २३१५० रहेको जसमा पुरुष १०६६३ (४६.०६%) र महिला १२४८७ (५३.९४%) रहेको छ । कुल घरधुरी संख्या ४७४७ रहेको छ । समुन्द्री सतह देखि १३६२ मीटर उचाईमा रहेको ।

१.१ जातिगत आधारमा जनसंख्याः
क्रं.सं.    जात÷जाति    प्रतिशत
१    क्षेत्री    ५५ प्रतिशत
२    दलित    २३ प्रतिशत
३    ब्राह्मण    १२  प्रतिशत
४    अन्य    १० प्रतिशत

    ब्राह्मणहरुमा :– ढुंगाना, जोशी, भण्डारी, तिमिल्सेना सुबेदी, उपाध्याय आदि ।
    ठकुरीहरुमा :– शाह, शाही आदि ।
    क्षेत्रीहरुमा :– कठायत, खड्का, भण्डारी, बोगटी, नेगी, बिष्ट, बोहरा, खत्री, धामी, सांउद, वयक, कुँवर, रावल, थापा, नाथ, राना, बन, आदि ।
    अन्य जातिहरुमा :– तामाङ, लामा, आदि ।
    पेशागत उपजातिहरुमा :– दमाई, सुनार,  कामी, ल्वार, सार्की, भुल, टमट्टा, कोली, बादी आदि पर्दछन् ।

मंगलसेन नगरपालिकामा गाभिएका साबिक गा.बि.स. र वडाहरु तथा हाल कायम भएका वडाहरु

साबिक गा.बि.स.को नाम    साबिक वडाहरु    नगरपालिकामा कायम हुने वडाहरु    कैफियत
कुन्तिबण्डाली    १,४,६,७, ८ र ९    १   
कुन्तिबण्डाली    २ ,३ र ५    २   
मंगलसेन    १ ,२ ,३ र ४    ३   
मंगलसेन    ८ र ९    ४   
मंगलसेन    ५ ,६ र ७    ५   
जनालीबण्डाली    १ , २ , ३ र ७    ६   
जनालीबण्डाली    ४ ,५ ,६ ,८ र ९    ७   
वलिगांउ    ५ ,६  र ७    ८   
वलिगांउ    १ ,२, ३, ४, ८ र ९    ९   
जुपु    १, २ , ३,४ र ५    १०   
जुपु    ६, ७, ८  र ९    ११   
बान्नातोली    १ देखि ९    १२   
बस्ती    १ देखि ९    १३   
कालागाउँ    १ देखि ९    १४   

भाषिक आधारमा जनसंख्याः
क्रं.सं    भाषा     प्रतिशत
१    अछामी     ५६ प्रतिशत
२    नेपाली    ४२ प्रतिशत
३    अन्य     २ प्रतिशत

धार्मिक तथा ऐतिहासिक स्थलहरुः
क्र.सं.    नाम    क्षेत्र    वडा
१    मालीका मन्दिर    मंगलसेन    वडा नं. १, ६
२    कालीका मन्दिर    मंगलसेन    वडा नं. १–११
३    शोडषा मन्दिर    मंगलसेन    वडा नं. ५
४    शिबालय मन्दिर    मंगलसेन    वडा नं. ५
५    जाल्पादेवि मन्दिर    मंगलसेन    वडा नं. ५
६    नागातोला मन्दिर    मंगलसेन    वडा नं. ४ र ९
७    धुर्मलोचनी मन्दिर    मंगलसेन    वडा नं. ८
८    म्ांगला माइ मन्दिर    मंगलसेन    वडा नं. ८
९    विष्टबाडा कालीका मन्दिर    मंगलसेन    वडा नं. ८
१०    मष्टादेवता मन्दिर    मंगलसेन     वडा नं. ४
११    दाडेमष्टादेवता मन्दिर    मंगलसेन     वडा नं. ४
१२    कैलाशमुठ शिव मन्दिर    मंगलसेन     वडा नं. ११
१३    बण्डाली देवता मन्दिर    मंगलसेन     वडा नं. १०
१४    पूर्णादेवी मन्दिर    मंगलसेन     वडा नं. ५
१५    बज्रयोगेनी मन्दिर    मंगलसेन    वडा नं. ५

१.८ धार्मिक पर्यटकिय क्षेत्रहरुः
    दरबार
    कैलाश खोला नदी
    ठुलासैन
    पाल्नीपिडा
    चित्रे त्रिवेणी धाम मन्दिर
    सुरैकोट