FAQs Complain Problems

सूचना तथा समाचार

संक्षिप्त परिचय

नौखुवा अछाममा नौबिस ले एक खुवाको प्रतिनिधित्व गर्दथ्यो । बि.स. १८४७ मा गोर्खाली सरदार अमर सिं थापा, जगतजित पाण्डे, दलन शाहिले अछाम जिल्ला कब्जा गरेपछि नौबिस मौजाका रुपमा बिकास भई मोतिपुरको बिस्थापन पछि मंगलसेनलाई १८ औँ शताब्दि तिर मना ग्रमिण मना गाँउ भनेर चिनिन्थ्यो । १८४९ मा तालुकदारी मुखिया प्रथा पश्चात कैलाशखोला देखी दक्षिण् भैसलेको पानी जनालीवण्डाली को सिमाना देखी उत्तर छुचुन्द्रे खोला पूर्व र तापिरवा पश्चिमलाई नौबिस ९ वटा २० घरदैलोको संख्याका आधारमा नौबिस ग्रामिण पन्चायत हुदैँ १९३५ देखि १९४१ मा मंगलसेन दरबार निर्माण भइ अमालको व्यवस्था गरियो र त्यही बाट अछाम जिल्लाको प्रशासनिक कार्य हुदै आएको थियो ।
२००७ सालको परिवर्तन पछि २०१३ सालमा राजा महेन्द्रको डोटि सवारीका बेला अछामका अगुवा नेताहरुले सवारीमा छाममा माल कार्यालय चाहियो भनि आन्दोलन गरे बाफत प्रहरी हस्तक्षेपमा थुप्रै नता घाइते भएपछि आन्दोलनको भावना महसुस भई २०१४ सालमा अछाम पंगलुेन मै माल कार्यालय को स्थापना भएको देखिन्छ । २०१७ सालको राजाको निरंकुस शासन लागु भए पछि २०१८ सालमा नौबिस ग्राम पंचायत भई २०१९ सालमा मंगलुेन गाँउ पंचायतको नामबाट नामाकरा भई २०२२ सालको भूमिसुधार पश्चात बजारको दुई तिरको सैन समथर जग्गा हालको विविस रहेको वरिपरि र मालिका विकास बैंक अगाडि रहेको जग्गा र मंगला देविको मन्दिर लाई जोडि मंगलसेन नामाकरण भएको पाइन्छ । २०७१ साल बैसाख २५ गते मंगलसेन नगरपालिका घोषण गरे पश्चात २०७१ साल जेष्ठ ४ गते विधिवत रुपमा स्थापना गरिएको हो
मंगलसेन नगरपालिकामा १४ वटा वडाहरु रहेका छन । वडा नं ५मा नगरपालिकाको केन्द्र पर्छ जुन अछाम जिल्लाको सदरमुकाम समेत हो वडा नं ३, ४, ८, ६ जोडिएका छन र वडा नं १३ केन्द्र बाट करिब २६ कि.मि. टाढा पर्छ र अन्य वडाहरु भन्दा दुर्गम समेत हो । मंगलसेन नगरपालिका सुदुरपश्चिम प्रदेशको प्रादेशिक राजधानी धनगढी, कैलालीबाट ३०८ कि.मी र संघिय राजधानी काठमाण्डौँबाट ९४२ कि.मी टाढा दुरीमा पर्छ ।
समशितोष्ण हावापानि पाइने यो क्षेत्रमा औषत वार्षिक १२५ से.मी सम्म वर्षा हुन्छ । यस क्षेत्रको सरदर तापक्रम गर्मि याममा २४ देखी ३२ सेन्टिग्रेड सम्म हुन्छ भने शीतकालिनमा शुन्य डिग्री से. सम्म ओर्लिन्छ ।
नगर पाश्र्वचित्र २०७५ अनुसार नगरपलिकामा पुरुष १८७७५ र महिला १८७२१ गरी ३७४९६ जनसंख्या रहेको छ । सोही तथ्यांक अनुसार घरधुरी संख्या ६६९८ रहेको छ । जातिगत रुपमा क्षेत्री १९५२६, ब्राहमण ५३५७, दलित १२६०९ र जनजाति ४ जना बसोवास गर्दछन र प्राय सबैले नेपालि भाषालाई मातृ भाषाका रुपमा प्रयोग गर्दछन । नगर पालिकामा करिब ७० प्रतिशत जनसंख्या साक्षर छन । भेषभुषा चालचनका रुपमा पूरुष मानिसले कोट पाइन्ट टोपि लगाउछन भने महिलाले गुन्यू चोली लगाउछन। धार्मिक रुपमा पाश्र्वचित्र २०७५ अनुसार हिन्दु ३७४५१, इस्लाम ३५ जना र क्रियश्चन ३ को बसोबास रहेको देखिन्छ । मुख्य चाड पर्वहरु मा दशै, तिहार, विसु, हारि, माघितिहार, तिज, गौरापर्व आदि हुन । नगरपालिकामा कालिका मन्दिर, कैलाशमुठ, धुम्रलोचनी, जिमराडि, भट्टे मालिका, ठुलासैन मालिका जस्ता धार्मिक क्षेत्र, अछाम दरबार, सुरेइकोट, देवल जस्ता पुरातत्व सम्पदाका साथै अयाँर वण्ड जस्ता पर्यापर्यटकिय क्षेत्र पर्दछन ।
पालिकामा १० वटा माध्यामिक विद्यालय, माद्यामिक विद्यालयमा ९ देखि १२ सम्म ४ वटा विद्यालय रहेको छ । ३९ वटा आधारभुत विद्यालय गरी जम्मा ४९ वटा विद्यालय पर्दछन, ५९ वटा बालविकासकेन्द्रहरु र सामुदायीक सिकाइकेन्द्रहरु ८ वटा रहेका छन र २ वटा क्याम्पस संचालनमा छन । नगरपालिकामा ८ वटा स्वास्थ्यचौकि र ८ वटा शहरी स्वास्थ्य संचालनमा रहेका छन । नगरपलिकाको क्षेत्रभित्र अछाम जिल्ला अस्पताल समेत रहेको छ ।
नगरपलिकाका १४ वटै वडाहरुमा सडक संजाल मा जोडिएको छन भने सवै वडाहरुमा इन्टरनेट जडान गरिएको छ, । वडा नं १३ वाहेक सवै वडाहरुमा विद्युत लाइन विस्तार भइसकेको छ । नगरवासीहरुको मुख्य पेशा कृषि हो भने त्यस बाहेक सरकारी सेवा, पशुपालन लगायतका पेशा व्यावसायमा मानिसहरु संग्लन रहेका छन । नगरपालिका भित्र आर्थिक क्रियाकलापहरु अपेक्षाकृत नभइसकेकोले हाल नगरपालिको मुख्य आम्दानीको रुपमा नगरभित्र का ससाना व्यवसायहरु दर्ता शुल्क, नगरका साधनहरु डोजर, एम्वुलेन्स टिप्पर परिचालन गरेर आन्तरिक आम्दानी परिचालन गरिरहेको छ ।

नगरपालिकाको स्थानिय प्रदेश र संघिय गरी ५ आर्थिक वर्षको कुल बजेट निम्नानुसार रहेको पाइन्छ ।

आर्थिक वर्ष स्थानिय तहको बजेट रु प्रदेश अनुदान संघिय अनुदान जम्मा रु
२०७४।०७५ ३०३९५०४५।०८ ५६८००० ५२१६०७५२२।९० ५५२५७०५६७।९८
२०७५।०७६ २४७७४१२५४।२५ १४५२८००० ३७१९०८७५० ६३३९०८००४।२५
२०७६।०७७ ३०४४९१५१६।०५ २३६२४००० ३६१८४२५७५ ६८९९५८०९१।०५
२०७७।०७८ ३३३४२६३७२।९० २८८५४००० ४३३०८१९२५ ७९५३६२२९७।९०
२०७८।०७९ १५५४५३००० २४५४९००० ३८१२००००० ५६१२०२०००

जनसंख्याः ३७४९६ जना महिलाः १७७२१, पुरुषः १८७७५
क्षेत्रफलः २२० वर्ग किलोमिटर